Section 112
प्रतिष्ठानले श्रमिकको कार्य सम्पादन मूल्याङ्कन गर्न सक्ने
(१) प्रतिष्ठानले सामान्यतया वर्षको
एक पटक श्रमिकको कार्य सम्पादन मूल्याङ्कन गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कार्य सम्पादन मूल्याङ्कनको आधार तथा कार्यविधि
न्यायोचित र मनासिब रुपमा निर्धारण गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको आधार र कार्यविधि कार्य सम्पादन हुने अवधि प्रारम्भ हुनु
अगावै श्रमिकलाई जानकारी दिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम कार्य सम्पादन मूल्याङ्कन गरेपछि रोजगारदाता वा निजले
तोकेको व्यक्तिले सम्बन्धित श्रमिकसँग निजको सवल पक्ष तथा कमजोर पक्षको बारेमा छलफल
गरी कमजोरीहरु सुधार गर्न मनासिब अवसर दिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम भएको मूल्याङ्कनमा सम्बन्धित श्रमिकले असहमति जनाएमा
निजलाई असहमति उल्लेख गर्ने मौका प्रदान गरी कार्य सम्पादन मूल्याङ्कन फारममा हस्ताक्षर
गराउनु पर्नेछ ।
(६) श्रमिकले उपदफा (५) बमोजिम असहमति जनाएमा सो सम्बन्धमा पुनरावलोकन हुने
व्यवस्था प्रतिष्ठानले गर्नु पर्नेछ ।
(७) श्रमिकको कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।